Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपत्यकामा ८६ सहित १५२ जना कोरोना संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 2.5K
    SHARES

काठमाडौं, /  नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ जनामा भएको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार काठमाडांै उपत्यकामा थप ८६ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा ७३ , ललितपुरमा ८ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको छ ।

बिहीबार उपत्यकामा देशभर देखिएको संक्रमित संख्याको ५६ दशमलव ५७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको छ । काठमाडांै जिल्लामा भने बिहीबार भेटिएका संक्रमितको संख्या केही महिना यताकै सबैभन्दा धेरै हो ।

यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । सो अवधिमा संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म संक्रमणका कारण ३ हजार ३१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाभित्र थप ६५ जनाले संक्रमण जितेसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ जना रहेको छ ।नेपालमा एक साता यता संक्रमितको संख्या बढे सँगै संक्रिय संक्रमितको संख्या पनि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४