Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीद्वारा धनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि निलम्बन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 3.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको छ ।भुसाल र पाण्डेसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री ओलीले ६ महिनाका लागि निलम्बन गर्नुभएको हो ।

यसअघि ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि निलम्बन गर्नुभएको थियो । अहिलेकै गतिविधि जारी रहे थप कडा कारवाही हुन सक्ने भएकाले सच्चिनका लागि अन्तिम मौका दिइएको निलम्बन पत्रमा उल्लेख छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँताइदिएको थियो । एमाले व्यूँतिएलगत्तै अध्यक्ष समूहले नेपाल पक्षमा केन्द्रीय सदस्यलाई नबोलाई एकलौटी निर्णय गरेपछि नेपाल समूहले पनि समानान्तर कमिटी गठन थालेको छ ।माधवकुमार नेपाल समूहले बुधबार काठमाडौंमा युवा संघको छुट्टै कार्यालय स्थापना गर्नुभएको थियो भने बिहीबार कास्कीमा समानान्तर कमिटी गठन गरिसकेको छ । कास्कीको समानान्तर कमिटी बनाउन माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे पोखरा जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४