Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काममा लगाइदिने भन्दै ल्याएका किशोरीलाई होटलका ग्राहकबाट बलात्कार गराउने गिरोह पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०७७
  • 1.8K
    SHARES

भक्तपुर । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुलीका सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुलीका मसेली भन्ने सुहाना तामाङ, नुवाकोटकी मुना थापा मगर, काठमाडौंका प्रकाश ढुंगेल र राज कुमार सुनार रहेका छन् ।

पीडितका अभिभावकले आफ्नो छोरीलाई चैत १२ गते श्याम कुमार भट्टराईसँग मिलेर सुहाना तामाङले लिएर गएको र माकलबारीस्थित फ्ल्याटमा राखी त्यहाँबाट होटलमा पु¥याएर ग्राहकसँग जवरजस्ती करणी गर्न लगाएको जाहेरी प्रहरीमा दर्ता गराएका थिए ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सुरुमा सुहाना र श्यामलाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल होटलमा बालिकालाई जबरजस्ती करणी भएको खुल्न आएपछि होटल संचालक प्रकाश ढुंगेल र मुना थापा मगर तथा जबरजस्ती करणी गर्ने राज कुमार सुनारलाई समेत बुधबार प्रहरीले पक्राउ गरेको हो ।

सुहानाले युवतीहरूलाई काम लगाइ दिने प्रलोभनमा पारी श्याम कुमारको सम्पर्कमा पुर्‍याउने र श्याम कुमारले विभिन्न प्रलोभनमा पारी होटलमा पठाई जबरजस्ती करणी गर्न बाध्य बनाउने गरेको खुल्न खाएको प्रहरीले जनाएको छ ।

शारीरिक सम्बन्ध राख्न अनिच्छुक भएको अवस्थामा धाकधम्की दिई भाग्न उम्किन नदिई उक्त फ्ल्याटमा राख्ने गरेको खुलेको छ । सोही क्रममा पीडित मध्येकी १६ वर्षीया किशोरी भाग्न सफल भएकी थिइन् । पीडितका अभिभावकले प्रहरीमा खबर गरेपछि समूहको बारेमा पत्ता लागेको हो ।
पक्राउपछि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४