Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होलीमा ग्याङ फाइट प्रकरण : ६ जना समातिए, अनुसन्धानपछि दोषी सार्वजनिक गरिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 4.4K
    SHARES

बाग्लुङ, /  बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने क्रममा भएको झडपपछि दुई जना युवकको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार दिउँसो ६ जनालाई पक्राउ गरेको छ ।

घटना घटेको चार दिन पछि गुल्मीबाट २ जना र ४ जना बागलुङबाट गरी ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत आइतबार बागलुङको बडिगाड र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने बलधुरेमा लागेको मेलामा झडप भएको थियो ।

घटनामा निसीखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । झडपमा अन्य ६ जना घाइते भएका थिए । मृतकको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो ।

घटना घटेपछि प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरको नेतृत्वमा ११ सदस्य र पोखराबाट सीआईबीको टोलीसमेत अनुसन्धानमा खटिएको थियो । हाल उक्त टोलीले घटनामा संलग्नको पहिचान गरिरहेको छ ।

प्रहरीका अनुसार अनुसन्धानको क्रम चलिरहेको र अहिले नै नाम सार्वजनिक गर्न सकिएको छैन । घटनाबारे समग्र अनुसन्धान सकिएपछि मात्रै दोषी सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४