Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायतको विश्वविद्यालयमा ठडियो वातावरण अभियन्ता थनबर्गको शालिक, आलोचनाको उत्तिकै वर्षा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 4.8K
    SHARES

काठमाडौं, /  बेलायतको एक विश्वविद्यालयमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत स्वीडिस अभियन्ता ग्रेटा थनबर्गको पूर्णकदको शालिक स्थापना गरिएको छ ।

कतिपयले भने थनबर्गको यस्तो शालिक बनाउनु फजुल खर्च भएको भन्दै आलोचना गरेका छन् । शालिक स्थापनाका लागि खर्च गरिएको पैसा राम्रो काम लगाउन सकिन्थ्यो भन्ने तर्क उनीहरुको छ ।

मूर्ति निर्माण गर्न लागेको ३३ हजार डलर (नेरु ३८ लाख ६१ हजार) त योभन्दा राम्रो काममा खर्चन सकिन्थ्यो, उनीहरुले भनेका छन् । मंगलबार दक्षिणी इग्ल्याण्डको विनचेस्टर भूनिभर्सिटीमा उक्त शालिक स्थापित गरिएको थियो ।

विश्वविद्यालयले भने यसलाई ‘स्थिरता र सामाजिक न्यायका लागि चल्दै आएको प्रतिवद्धता’ को प्रतीक भएको जनाएको छ ।

सोही विश्वविद्यालयको कलेज यूनियनले भने कोरोनाको समयमा यस्तो काम गर्नुलाई ‘विलासी र औचित्यहीन परियोजना’ को करार दिएको छ । कोरोनाको कहरमा परेका विद्यार्थीहरुलाई सहयोगको आवश्यकता रहेका बेला यस्ता औचित्यहीन काममा खर्च गर्नु आपत्तिजनक रहेको यूनियनका अध्यक्ष मेगन बलले बताए ।

१८ वर्षीया थनबर्गले शालिक नै बनाउनुपर्ने कुनै काम नगरेको भन्दै उनीभन्दा धेरै महत्वपूर्ण मुद्दामा काम गर्ने मानिस थुप्रै रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४