Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

३१ वटा भातृ तथा शुभेच्छुक संस्थाले बुझाए पौडेललाई ज्ञापनपत्र


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 3.9K
    SHARES

काठमाडौ । नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई महिला संघ, नेविसंघ, तरुण दल, ट्रेड युनियन कांग्रेसलगायत ३१ वटा भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरि संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले पार्टी सभापति शेर बहादुर देउवा लाई यसघि नै ज्ञापनपत्र बुझाईसकेका छन् ।

ज्ञापनपत्रमा भातृ तथा शुभेच्छुक संस्थालाई दिने महाधिवेशन प्रतिनिधि संख्या समान हुनु पर्ने, महाधिवेशन प्रतिनिधि कम्तिमा पनि एक निर्वाचन क्षेत्रको (२५ जना) बराबर हुनुपर्ने उल्लेख छन् ।

यसैगरी महाधिवेशन प्रतिनिधि भोटर मात्र नबनाई पुर्ण अधिकारसहित उम्मेदवार बन्न पाउने व्यवस्था गर्नु पर्ने, महाधिवेशन नभएका भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन प्रतिनिधि कटाउने विषय मान्य नहुने, महाधिवेशन गराउने जिम्मेवारी पार्टीको पनि उत्तिकै रहेको र भातृ एवं शुभेच्छुक संस्थाबाट पार्टी संरचनामा समावेशीतासहित आरक्षण गर्नु पर्ने मागहरू उल्लेख छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४