Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतबाट धुलो मिसिएको हावा नेपालमा प्रवेश, तुवाँलो झन् बढ्ने खतरा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 8K
    SHARES

मौसमविद्हरुका अनुसार बुधबार देशभर मौसममका केही सुधार देखिए पनि भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेकाले थप असर पर्नेछ । भारतबाट प्रवेश गरेको धुलो मिसिएको हावा देशको पश्चिमी र पूर्वी क्षेत्रमा देखिएको र बिहीबारफेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

बुधबार भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज भएको तर, बिहीबार वायुमण्डल पूरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

अहिले पूर्वमा इलाम र रौतहटसम्म तुवाँलो बढिरहेको छ । बिस्तारै फैलिँदै गएको तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर बिहीबार देखिने मौसमविद्हरुको भनाइ छ ।

पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि शनिबारसम्म पानी पर्ने सम्भावना नरहेको मौसविद बताउछन् । तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको मौसविद्ले बताएका छन् ।

बुधबार प्रदेश १, वाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

विश्वकै पहिलो वायू प्रदूषण
काठमाण्डौंअहिलेको वायु प्रदूषणको अवस्था विश्वकै पहिलो नम्बरमा रहेको छ । काठमाण्डौको अहिलेको वायु प्रदूषण मापन गर्ने एक्यूआई दुइ सय २१ रहेको देखिन्छ ।

काठमाण्डौको भैंसेपाटी, रत्नपार्कलगायत क्षेत्रमा सबैभन्दा धेरै वायु प्रदूषण देखिएको छ । केही दिनअघि काठमाण्डौको एक्यूआई चार सय ७० भन्दा माथि पुगेको थियो । एक्यूआई २ सयभन्दा माथिको अवस्थालाई उच्च हानिकारक मानिन्छ ।

काठमाण्डौसहित देशका अरु विभिन्न ठाउँमा वायु प्रदूषण अझै कायमै रहेको छ । सौराहा, हेटौंडालगायत ठाउँमा पनि अहिले वायु प्रदूषण उच्च हानिकारक अवस्थामा पुगेको जनाइएको छ ।

देशमा वायू प्रदूषण भएसँगै शुक्रबारसम्मका लागि देशभरका विद्यालय बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४