Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खुवालुङ पुगेर मुख्यमन्त्री राईले भने- फुटाउने होइन, पर्यटकीय क्षेत्र बनाउने हो !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 8.4K
    SHARES

विराटनगर  / सप्तकोसी नदीमा स्टिमर सञ्चालनमा अवरोध पुर्‍याउँदै आएको खुवालुङ (पानी ढुङगा) फुटाउने योजनाको विरोध भएपछि सरकार पछि हटेको छ । ढुङ्गा फुटाउने योजनामा रहेको सरकार किराँत समुदायको विरोधका कारण पछि हटेको हो ।

स्टिमर सञ्चालनका लागि ढुङ्गा फुटाउने योजना रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका थिए ।

मंगलबार खुवालुङको निरीक्षणमा पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने भत्काउने नभई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।‘खुवालुङको विषयमा सरकारका कुनै तहमा औपचारिकरुपमा छलफल नभएको र यसलाई फुटाउने , तोड्ने कुरा कतै नभएको कुरा यहाँ राख्न चाहान्छु,’

खुवालुङ पुगेका किराँत समुदायका अगुवालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘…हामीले यसको संरक्षण गर्नै पर्छ, हाम्रो प्रदेशको समृद्धिमा, देशको समृद्धिमा यसलाई जोड्नै पर्छ र यस ठाउँलाई धार्मिक सांस्कृतिक पर्यटनको केन्द्रको रुपमा विकास गर्नै पर्छ, अब त्यतातर्फ ध्यान जानुपर्छ, छलफल त्यहाँ पुग्नुपर्छ ।’

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरू अरुण, तमोर र दूध कोसीको संगमस्थल त्रिवेणीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेतर्फ छलफल केन्द्रित हुनुपर्ने उनले बताए ।

‘धार्मिक हिसाबले सांस्कृति हिसाबले अन्य हाम्रा सम्पदाहरु कति छन् ? त्यस्ता महत्वपूर्ण धरोहरहरु के के छन् ?’ उनले अघि भने, ‘त्यसको खोजी कार्य गर्दै संरक्षण गर्ने र प्रबर्धन गर्ने दिशामा अघि बढ्नुपर्छ ।’

प्रधानमन्त्रीले स्टिमर चलाउनका लागि ढुङ्गो भत्काउने बताएपछि किराँत समुदायले विरोध गरेको थियो । किराँत समुदायको विरोधपछि चर्चामा रहेको खुवालुङ हेर्न पर्यटकहरु त्रिवेणीसम्म पुग्ने गरेको छन् । दैनिक एक सय हाराहारी खुवालुङ हेर्नका लागि पर्यटकहरु आउने गरेको पर्यटन व्यवसायी राजेन्द्र कार्कीले बताएका छन्  ।

मंगलबार प्राविधिक टोलीसहित पुगेका मुख्यमन्त्री राईले जलयातायात सञ्चालनका लागि ढुङ्गाभन्दा पश्चिम पट्टीको भागमा रहेको अवरोधलाई हटाउने बताए । पूर्वतर्फ पनि सञ्चालन गर्न मिल्ने उनले बताए ।

सरकारी तहमा ढुङ्गा फुटाउनका लागि औपचारिक छलफल नभएको बताउँदै उनले प्रारम्भिक अध्ययन गर्दा ढुङ्गाको विषय उठेको दाबी गरे । बाहिर चर्चामा आएजस्तो सरकारले भत्काउने योजना नबनाएको उनले बताए ।

खुवालुङको संरक्षण गर्दै चतरादेखि किमाथाङ्का र दोलालघाटसम्म जल यातायात विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रदेश नं १ सरकारका प्राविधिक विज्ञ बिपुलराज पाण्डेले पहिलो चरणको सर्वेक्षणमा ढुङ्गा फुटाउने विषय नै नउठेको बताए । उनले खुवालुङ्को दायाँबाँया दुवै तर्फबाट सञ्चालन गर्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४