Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली विद्यार्थीले बनाए इलेक्ट्रिकल भेहिकल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 2.8K
    SHARES

काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विदार्थीहरुले इलेक्ट्रिकल भेहिकल (ईभी) बनाएका छन् ।

उनीहरुले मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि नभई आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि भेहिकल बनाएका हुन् ।

उनीहरुले तयार गरेको भेहिकलको चेसिस मात्र तयार गरिएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण ईभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । उनीहरुले भेहिकलको बाहिरी भाग पनि चाँडै तयार गर्ने गरी काम अघि बढाइरहेका छन्।

भेहिकल तयार पार्ने टिमको नाम सिरेटो रहेको छ । नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर उनीहरुले टिमको नामकरण गरेका हुन् । अर्थात् प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा भेहिकल  बनाउने काम भइरहेको उनीहरुले बताएका छन् ।

सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ ।

सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल,इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् ।

फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेको सहयोगमा उनीहरूलाई भेहिकल तयार पार्ने काम गरिरहेका  छन् ।

घिमिरेको सल्लाह र सुझा अनुसार मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा, अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा लागि रहेका छन् ।

विद्यार्थीलाई इलेक्ट्रिकल भेहिकल बनाउन गोल्छा ग्रुपको सहयोग रहने छ । गोल्छा ग्रुपका प्रबन्ध निर्देशक सेखर गोल्छाले भने, ‘टिम सिरेटो जब हाम्रोमा आएर आफ्नो सोच राख्नु भयो हामीलाई एकदम राम्रो लाग्यो र हामीले यसलाई लाग्ने खर्च बेहोर्ने भयौं। हामी सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएका छौं र सधैं गर्ने छौं। ईभी तयार पार्न करिब ४ लाख रुपैयाँ र प्रतिस्पर्धामा सहभागी हुन ५ लाख रुपैयाँ लाग्ने अनुमान गरेर बसेको छ समूह ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४