Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महामारीका बीच कार्यालय विस्तार गर्दै गुगल, ७ अर्ब डलर लगानी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 3.5K
    SHARES

विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेको अवस्थाका बाबजुत गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको छ ।

बिहीबार नयाँ योजना सार्वजनिक गर्दै गुगलले अमेरिकास्थित अफिस र डाटा सेन्टरको स्पेस वृद्धिका साथै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ ।

एक ब्लग पोष्टमा गुगलका सीईओ सुन्दर पिचाइले भनेका छन्ः सहकार्यका लागि प्रत्यक्ष रुपमै सँगै हुनु र सामूहिकता निर्माण गर्नु गुगलको मूल संस्कृति हो । यो हाम्रो भविष्यको लागि समेत निकै महत्वपूर्ण हुनेछ । त्यसैले हामीले मुलुकभर आफ्ना कार्यालयहरुमा उल्लेख्य लगानी गर्दैछौँ ।

गुगलले यहीँ वर्ष आफ्नो मूल थलो क्यालिफोर्नियामा १ अर्ब डलर लगानी गर्नेछ । त्यस्तै एटलान्टा, वासिंटन डिसी, शिकागो र न्युयोर्कका कार्यालयहरु समेत विस्तार गर्ने योजना गुगलको छ ।

गुगलले न्युयोर्कसिटी स्थित कार्यालय विस्तारमा यही वर्ष २५ करोड डलर लगानी गरी कर्मचारीको संख्या ३ हजार थप गर्नेछ ।

स्मरण रहोस् महामारीका कारण आफ्ना अधिकांश कर्मचारीलाई घरबाटै काम गर्ने नियम तय गरेका सिलिकन भ्यालीस्थित दिग्गज कम्पनीहरुले पछिल्लो समेत अफिस स्पेस विस्तारमा उल्लेख्य लगानी गर्न थालेका छन् ।

यसअघि फेसबुकले आरईआई कम्पनीको स्वामित्वमा रहेको प्रयोगविहीन अवस्थाको भव्य कार्यालय भवन खरिद गर्ने बताएको थियो ।

त्यस्तै अमेजनले अमेरिकाका विभिन्न सहरमा गरी ३५ सय नयाँ कर्मचारी भर्ना गर्ने र अमेरिकाका विभिन्न सहरमा रहेका कार्यालयको क्षेत्रफल वृद्धि गर्ने घोषणा गरिसकेको छ ।

-सीएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४