Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा सुरु भयो युट्युबको ‘टिकटक’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 2.6K
    SHARES

टिकटकको प्रतिस्पर्धीका रुपमा लिइएको छोटो भिडियोहरु तयार गर्ने तथा शेयर गर्ने प्लाटफर्म युट्युब शर्ट अमेरिकामा सुरु भएको छ ।

बिहीबारदेखि आगामी केही हप्तासम्म शर्टको बेटा प्रोग्रामलाई अमेरिकामा विस्तार गरिने युट्युबले जनाएको छ ।

यसअघि युट्युबको टिकटक भनिने शर्टको भारतमा परीक्षण भएको छ । अहिले विश्वभरकै प्रयोगकर्ताहरुले यो प्लाटफर्मका सामग्रीहरु हेर्न पाउने भएपनि भारत र अमेरिका बाहेकका प्रयोगकर्ताले त्यसमा भिडियो बनाएर पोस्ट गर्न भने सक्दैनन् ।

युट्युबका अनुसार प्रयोगकर्ताले शर्टमा आफ्ना मोबाइल फोनबाटै छोटो तथा आकर्षक भिडियोहरु खिच्न सक्दछन् । शर्टमा प्रयोगकर्ताले भिडियो क्लिपहरु आपसमा जोड्न, म्युजिक हाल्न र ह्याण्डस फ्रिमा टाइमर र काउन्टडाउनसहित भिडियो रेकर्ड गर्न सक्दछन् । अर्थात् टिकटकमा हाल उपलब्ध सबैजसो फिचरहरु शर्टमा उपलब्ध छन् ।

बिहीबार युट्युबले शर्टमा रहेको नयाँ टुल्स सार्वजनिक गरेको छ । जसबाट प्रयोगकर्ताले शर्टमा रहेका विभिन्न भिडियोहरुबाट अडियो मात्र निकालेर आफूले तयार पारेका भिडियोमा रिमिक्स गर्न सक्नेछन् । साथै आफूले सिर्जना गरेका त्यस्ता भिडियोका बीचबीचमा अक्षरहरु पनि लेख्न सकिन्छ ।

टिकटकको लोकप्रियताका बाबजुत अमेरिका र चीनबीचको व्यापार युद्धका कारण अमेरिकामा टिकटकको भविष्य माथि प्रश्नचिन्ह खडा भइरहेको अवस्थालाई मध्यनजर गर्दै विभिन्न कम्पनीहरुले टिकटकका प्रतिरुपहरु घोषणा गरिरहेका छन् ।

इन्स्टाग्रामले अमेरिका र अन्य मुलुकहरुमा टिकटकजस्तै भिडियो शेयरिंग प्लाटफर्म रिल्स लञ्च गरेको छ भने स्नापच्याटले स्पटलाइन फिचर सुरु गरेको छ । त्यस्तै टिकटकको अर्को अमेरिकी प्रतिस्पर्धी डब्सम्यासलाई रेडिटले गत वर्ष खरिद गरेको थियो ।

युट्युब शर्टस्का प्रमुख टोड शेम्र्यानका अनुसार कम्पनीले सिर्जनामा रहेका अड्चनहरु हटाउने कोसिस गरिरहेको छ । यसले नयाँ पुस्ताका प्रतिभाहरुलाई दर्शक श्रोता फेला पार्न सहयोग गर्नेछ ।

-सीएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४