Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वको सर्वाधिक शक्तिशाली रकेटको सफल परीक्षण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 2.9K
    SHARES

अमेरिकी अन्तरीक्ष संस्था नासाले विश्वकै सर्वाधिक शक्तिशाली रकेटको सफल परीक्षण गरेको छ ।

अस्तित्वमा रहेका रकेटहरुमध्ये सबैभन्दा शक्तिशाली रहेको स्पेस लन्च सिस्टम (एसएलएस) नामक रकेटलाई नासाले परीक्षण गरेको हो ।

रकेटको कोर स्टेजका इन्जिनहरुलाई आठ मिनेटभन्दा लामो समयसम्म चलाइएको थियो, सो समय भनेको उक्त रकेटलाई पृथ्वीबाट अन्तरीक्षसम्म पुग्न लाग्ने समय हो ।

एसएलएसको सबैभन्दा ठूलो भागको यो दोश्रो परीक्षण हो । गत जनवरीमा गरिएको परीक्षणको प्रयास छिटै बन्द गरिएको थियो ।

स्मरण रहोस् यही रकेटबाट चन्द्रमामा मानिसलाई पठाउने योजना नासाको छ । अर्थात् एसएलएसमै चढेर सन् १९७२ पछि पहिलोपटक चन्द्रमामा मानिसलाई पठाइनेछ ।

यो मिसन सन् २०१७ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुवात गरेको नासाको आर्टेमिस परियोजनाको भाग रहेको बताइएको छ ।

यो रकेटमा चारवटा शक्तिशाली आरएस २५ इन्जिनहरुका साथै इन्जिनको साथमा दुईवटा बुस्टर जोडिएका छन् ।

अमेरिकाको मिसिसिपीस्थित स्टेन्निस स्पेस सेन्टरमा बिहीबार उक्त परीक्षण गरिएको थियो । उक्त रकेट परीक्षणका क्रममा निस्किएको धुवाँको मुस्लो निकै विशाल रहेको र उक्त मुस्लो अन्तरीक्षबाट समेत देखिएको थियो ।

नासाका अधिकारीका अनुसार रकेट परीक्षण अत्यन्तै सफल भएको छ । अमेरिकी संसदको अन्तरीक्ष तथा प्रविधि समितिले समेत परीक्षणको सफलताका लागि नासालाई बधाई दिएको छ ।

बिहिबारको परीक्षणमा प्रयोग गरिएको रकेटको मुख्य भाग सन् २०२१ मा तय गरिएको एसएलएसको पहिलो चन्द्र उडानमा समेत प्रयोग हुनेछ ।

परीक्षण अगाडि उक्त रकेटमा इन्जिनियरहरुले २६ लाख लिटर प्रोपेलेन्ट इन्धन भरेका थिए । प्रोपेलेन्टमा तरल हाइड्रोजन हुन्छ, जसले रकेटको इन्धनको का मगर्दछ भने इन्धन दहनका लागि तरल अक्सिजन समेत हुन्छ ।

-बीबीसी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४