Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेलायती राजकुमार ह्यारीले सुरु गरे जागिर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 3.3K
    SHARES

बेलायती राजघराना त्याग गरेका राजकुमार ह्यारीले अमेरिकामा नयाँ जागिर सुरु गरेका छन् । क्यालिफोर्नियास्थित सिलिकन भ्यालीको एक नयाँ प्रविधि कम्पनीमा उनले कार्यकारी अधिकृतको जागिर सुरु गरेका हुन् ।

स्टार्टअप कम्पनी बेटरअपमा उनी चिफ इम्प्याक्ट अफिसरको पदमा भर्ना भएका हुन् । बेटरअप कम्पनी तथा राजकुमार ह्यारीका प्रवक्ता समेतले उक्त कुराको पुष्टि गरेका सीएनएनले उल्लेख गरेको छ ।

बेटरअपले ग्राहकहरुलाई प्रशिक्षण तथा मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदछ । कम्पनीको वेबसाइटमा ह्यारीलाई कम्पनीको नेतृत्व तहमा सूचिकृत गरिएको छ । जहाँ उनको बारेमा उल्लेख गर्दै उनी मानवतावादी, सैनिक भेट्रान, मानसिक स्वास्थ्य पैरवीकर्ता तथा वातावरणकर्मी भएको बताइएको छ ।

राजकुमार ह्यारी पत्नी मेघनले अमेरिकी टेलिभिजन सेलिब्रेटी ओप्राह विन्फ्रेलाई आफूहरु बेलायती राजपाठ छाडेको सम्बन्धमा दिएको विस्तृत अन्तर्वार्ताको केही हप्तामै ह्यारीले नयाँ जागिर सुरु गरेका हुन् । राजपरिवारका रुपमा रहँदा भोग्नुपर्ने मानसिक तनाव र त्यसले मानसिक स्वास्थ्यमा पार्ने प्रभावका विषयमा पनि उनीहरुले बोल्ने गरेका छन् ।

बेटरअप कम्पनीमा ह्यारीको भूमिका प्रडक्ट रणनीति सम्बन्धी निर्णय तथा च्यारिटी योगदानका विषयमा आफ्नो राय दिनु र मानसिक स्वास्थ्यका विषयमा सार्वजनिक रुपमा पैरवी गर्नु हुनेछ ।

उक्त कम्पनीमा राजकुकमार ह्यारीको तलब कति हुनेछ भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन । कम्पनीका सीईओ एलेक्सी रोबिचउक्सले वाल स्ट्रिट जर्नलसँग कुराकानी गर्दै ह्यारीको भूमिका अर्थपूर्ण रहेको बताएका छन् ।

आफू कम्पनीमा आबद्ध हुनुका कारणका विषयमा कम्पनीको ब्लगपोष्टमा ह्यारीले भनेका छन्,-‘बेटरअप कम्पनीले मेरो ध्यान आकर्षित गर्नुको कारण चाहिँ अन्वेषण, प्रभाव र इमान्दारिताका साथ मानिसहरुका सम्भावना र क्षमताका ढोका खोल्ने कम्पनीको मिसन नै हो । कम्पनीको टिमले वर्षौंदेखि यो काम गरिरहेको छ ।’

कम्पनीले उपलब्ध गराएको प्रशिक्षणबाट आफू व्यक्तिगत रुपमा पनि लाभान्वित भएको ह्यारीले जनाएका छन् ।

बेटरअप कम्पनीका कार्यकारी तहको जागिरका अलावा ह्यारी दम्पत्तिले आफ्नै कम्पनी पनि खोलेका छन् । आर्केवेल अडियो नामक उक्त कम्पनी स्पोटीफाइ सँग साझेदारी गरिरहेको छ ।

-सीएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४