Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थमन्त्री लखेटिएको घटनाले रुपन्देहीका सीडीओ र एसपीको सरुवा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०७७
  • 4.9K
    SHARES

बुटवल । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको ६ महिना नपुग्दै सरुवा गरिएको छ ।

गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पिताम्वर घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्सा सरुवा गरेको छ । रुपन्देहीमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउने भएका छन् । घिमिरे २०७७ भदौमा रुपन्देहीमा प्रजिअ भएर आएका थिए ।

यसैगरी रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेललाई पनि ६ महिना नपुग्दै सरुवा गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ ।

स्रोतका अनुसार गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयको विरोधपछि बिथोलिएको र अर्थमन्त्री विष्णु पौडेल दुई मिनेट पनि बोल्न नपाई कार्यक्रम छाडेर हिँड्नुपरेको घटनालाई लिएर प्रजिअसहित सुरक्षा प्रमुखहरुको सरुवा गरिएको हो ।

उक्त शिलान्यास कार्यक्रम लगत्तै स्थानीयले औद्योगिक क्षेत्रको शिलालेख स्तम्भ र आयोजनाको सूचना बोर्ड भत्काइदिएका थिए ।

स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री पौडेल बोल्दाबोल्दै दुई मिनेटमै मञ्च छाडेर हिँडेका थिए । त्यस क्रममा एमाले कार्यकर्ताले समेत स्थानीयमाथि ढुंगामुढा गरेर प्रतिकार गरेका थिए ।

दोेहोरो ढुंगा हानाहान हुँदा प्रहरीले संयमता अपनाउँदा त्यस दिन अपि्रय घटना हुन पाएको थिएन । ‘स्थानीयको चर्को विरोध हुँदाहुँदै हतार-हतारमा जबरजस्ती शिलान्यास गरेका अर्थमन्त्री पौडेलको जोडबलमा सीडीओ र सुरक्षा प्रमुखहरुलाई सरुवा गरिएको हो,’ स्रोतको दाबी छ ।

सरुवाबारे प्रतिक्रिया लिन खोज्दा प्रजिअ घिमिरे सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४