एजेन्सी । गत वर्ष मारिएका अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मुद्दाको सुनुवाइ सुरु भएको छ ।
सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चरम यातना दिइ फ्लोइडको हत्या भएको समाचार सार्वजनिक भएको थियो ।सो घटनामा संलग्न भनिएका पूर्व सुरक्षाकर्मी डेरेक सार्विनविरुद्धको सुनुवाइ सुरु भएको हो ।सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोइडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दिएको यातानको भिडियो प्रशारण गरिएको थियो ।
पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।तर सरकारी अधिकारीहरुले भने फ्लोइडले लागूऔषध प्रयोग गरेकाले सोही कारण उनको मृत्यु भएको दावी गर्दै आएका छन् ।फ्लोइड मृत्यु प्रकरणको मुद्दामा अदालतले तीन दिनअघि अभियुक्तलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
अदालतामा उपस्थित भएका प्रत्यक्षदशीहरुले पनि सुरक्षाकर्मीको चरम यातनाका कारण फ्लोइडको मृत्यु भएको बयान दिएको बीबीसीले जनाएको छ ।अदालतमा सुनुवाइ सुरु हुनुअघि फ्लोइडका समर्थकले न्यायको माग गर्दै अदालत बाहिर शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।सो मुद्दामा अब निरन्तर सुनुवाइ हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।