Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बंगलादेशविरुद्ध नेपालको २ /० ले अग्रता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०७७
  • 2.5K
    SHARES

काठमाडौं /, त्रिदेशीय’कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बंगलादेश भिडिरहेका छन् । नेपालले खेलको शुरुआतदेखि नै आक्रमण गरिरहेको छ ।खेलको १८ औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको छ । संजोग राईले गोल गरेका हुन् ।

त्यस्तै खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २/० ले अग्रता दिलाएका छन् ।नेपालले पछिल्लो आठ खेलमा भोगेको अन्तर्राष्ट्रिय खेलको गोलको खडेरीसमेत तोड्न सफल भएको छ ।

फाइनलमा दुई खेलाडी परिवर्तन गरिएको छ । विशाल राई र सुनिल बलले सुरुवाती ११ मै मौका पाएका छन् ।गोलकिपर किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको टिममा डिफेन्समा रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ र दिनेश राजवंशी रहेका छन् ।

मिडफिल्डमा त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल र विशाल राई रहेका छन् भने फरवार्डमा अन्जन विष्ट रहेका छन् ।कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र नेपाल २ अंकसहित उपविजेता बन्दै फाइनलमा पुगेका हुन् ।

नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशले कीर्गिस्तानलाई १/० ले हराएको थियो ।यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली फाइनल हेर्न दशरथ रङ्गशाला जानु भएको छ ।उहाँले फाइनल खेल हेरेपछि पुरस्कार वितरण गर्नुहुनेछ । उपाधि विजेताले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जित्ने छ ।

फाइनल खेलमा अखिल नेपाल फुटबल संघ एन्फाले टिकटमा भारी वृद्धि गर्दै साधारणतर्फ एक हजार र भिआईपीतर्फ दुई हजार रुपैयाँ पु¥याएको छ । यसअघि एन्फाले साधारणतर्फ ७ सय र भिआईपीतर्फ १५ सय बनाएको थियो ।यो खेलबाटै नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४