Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संविधान दिवस-२०७६ मा घोषित मानपदवी २७ चैतमा प्रदान गरिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०७७
  • 5.9K
    SHARES

काठमाडौं । २०७६ सालको संविधान दिवसको दिन घोषित विभूषणहरुमध्ये मानपदवीहरु यही चैत २७ गते प्रदान गरिने भएको छ ।

शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवीहरु प्रदान गर्नेछिन् । अलंकार र पदकहरु भने सम्बन्धित विभागीय प्रमुखहरुले प्रदान गर्नेछन् ।

गृह मन्त्रालयको विभूषण शाखाकी शाखा अधिकृत राधा श्रेष्ठले कोरोना संक्रमणको जोखिमका कारण वितरण हुन नसकेको मानपदवी, अलंकार तथा पदकहरु वितरण आगामी चैत २७ गते हुन लागेको बताइन् । उनले भनिन्, ‘२०७७ वैशाख १ गते सुशोभन समारोह हुनुपर्ने, तर चैत ११ गतेबाट लकडाउन भएको भएर अहिले गर्न लागिएको हो ।’

गृहमन्त्रालयले औपचारिक पोशाक लगाएर सुशोभन समारोहमा सहभागी हुन सम्बन्धित महानुभावहरुलाई सूचित गरेको छ । गृहमन्त्रालयले कालो वा खरानी रंगको कोट, चोलो सारी/लवेदा, सेतो सुरुवाल, कालो भादगाउँले टोपी र छालाको कालो रंगको जुत्ता लगाउन भनेको छ ।

हिमाल, पहाड, तराई मधेसमा लगाइने आ-आफ्नो परम्परा र संस्कृतिअनुसारको जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने नेपाली पोशाक पनि लगाउन सकिने गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तर्फकालाई ट्युनिक, एक्युलेट, ग्याठ बुट लगाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४