Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होली खेल्ने क्रममा झडप हुँदा बाग्लुङमा २ को मृत्यु, १३ जना बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १६ २०७७
  • 3.5K
    SHARES

बाग्लुङ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा होली खेल्ने विषयमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

झडपमा निसीखोला गाउँपालिका – ७ राजकुतका प्रकाश कुँवर र दिपक दमाईको मृत्यु भएको निसिखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको शव घटनास्थल नजिकै भिरमा भेटिएको हो ।

बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा विवाद हुँदा १३ जना सम्पर्कबिहिन रहेको वडा अध्यक्ष कुँवरले बताउनुभयो ।

घटना भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४