Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना जोखिममा किनमेल गर्न जोगबनी पुगे सिडिओ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०७७
  • 3.3K
    SHARES

                                            बाटोमा स्थानीयले रोके गाडी


विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण मोरङकाे सीमा नाकामा कडाइ गरिएको छ ।

तर शनिबार सुनसरीका प्रमुख जिल्ला अधिकारी किनमेल गर्न सीमावर्ती भारतीय बजार जोगबनी पुगे । शनिबार परिवारसहित सरकारी गाडीमा आएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल जोगबनी पुगेका हुन् ।

शनिबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै जोगबनी पुगेपछि स्थानीय युवाले गाडी रोकेका थिए । दुई नम्बर ढाटमा युवाले गाडी रोकेपछि प्रमुख जिल्ला अधिकारी अर्कै बाटो पैदल निस्किएका थिए ।

सरकारी नम्बर प्लेट को १ झ ५५५ गाडीमा कपडा भेटिएपछि स्थानीय युवाले गाडी इलाका प्रहरी कार्यालय रानीमा बुझाए ।

‘सीमाका जनतालाई औषधि किन्न जोगबनी जानुपरे चोरबाटो जानुपर्छ,’ स्थानीय युवा हामिद आजादले भने, ‘सरकारी गाडी सीमामा रोकेर सहजै प्रवेश गरेको देखेपछि हामीले रोक्यौं, रोक्ने जानकारी पाएपछि सिडिओ साब अर्कै बाटो पैदल जानुभो ।’

जनता र प्रशासकलाई कानुन समान हुनुपर्ने उनको भनाइ छ । ‘चालक मात्रै रहेको गाडीमा जोगबनीमा किनमेल गरेको कपडा थियो,’ उनले भने, ‘हामीले गाडी प्रहरीको जिम्मा लगायौं, प्रहरीले गाडी छाडिदियो ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले छुट्टै जिल्लाको नाकाको विषयमा आफूलाई जोड्न नमिल्ने बताउँछन् । गाडी जोगबनी पुगेको स्वीकार गर्दै उनले आफू भने जोगबनी नगएको दाबी गरे । ‘सुनसरीमा भन्टाबारी नाकाबाट आवतजावत भइरहेको छ,’ उनले भने, ‘छुट्टै जिल्लाको विषयमा मलाई जोड्न मिलेन, फेरि म पनि गएको होइन ।’

प्रमुख जिल्ला अधिकारीले आफू नगएको दाबी गरेपनि प्रहरी स्रोत भने उनी जोगबनी गएको बताउँछ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले स्थानीयले नियन्त्रणमा लिएको गाडी चालकको जिम्मा लगाएर पठाइएको बताए । ‘गाडी यहाँ आउदा चालक मात्रै थिए, सिडिओ कार्यालयको गाडी रहेछ,’ उनले भने, ‘गाडी छाड्दियौं ।’

                                                                       प्रजिअ ढकालले प्रयाेग गरेकाे गाडी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४