Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहाड र तराईमा किन फरक दिन मनाइन्छ फागुपूर्णिमा र होली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०७७
  • 5.7K
    SHARES

आज (आइतबार) देशको पहाडी भेगमा धुमधामका साथ होली मनाइँदै छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन छ ।

वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन मनाइरहँदा तराई भेगमा किन भोलिपल्ट मनाइन्छ त होली ? त्यसभन्दा पहिले यसको पौराणिक पक्षलाई खोतलौं ।

होली पर्व असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । होलिका हिरण्यकशिपु राक्षसकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । उनले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् ।

उता हिरण्यकशिपुका छोरा प्रह्लाद भगवान् विष्णुका ठूला भक्त थिए । बुबाले बारम्बार सम्झाउँदा पनि उनले विष्णुप्रति आफ्नो भक्ति त्यागेनन् । उनी राक्षसका राजा थिए भने भगवान विष्णु देवताका संरक्षक । यसरी आफ्नो विरोधीको पक्षमा लागेपछि हिरण्यकशिपुले प्रह्लादलाई मार्ने योजना बनाए ।

ब्रह्माबाट वरदान पाएकी आफ्नी बहिनीको प्रयोग गरी उनले प्रह्लादको हत्या गर्ने योजना बनाएका थिए । उनले होलीकासँगै आगोमा राखेर प्रह्लादलाई जलाउने योजना बनाएका थिए । तर भगवान् विष्णुको शक्तिका कारण प्रह्लादलाई केही भएन तर होलिका गलत प्रयोग गर्न खोज्दा जलिन् भन्ने मान्यता राखिन्छ । त्यो दिन फागुन शुक्ल पूर्णिमाको दिन थियो भन्ने मान्यता छ ।

अर्काेतर्फ वैदिक कालमा समेत यो पर्व मनाउने गरेको साहित्यिक प्रमाण पाइन्छ । सो समयमा यस चाडलाई ‘नवनेष्टी’ भनिन्थ्यो । यसदिन खेतको आधा पाकेको अन्नलाई हवन गरेर प्रसादको रूपमा वितरण गर्ने चलन छ । यस्तो अन्नलाई ‘होला’ भनिन्छ, त्यसैले यसलाई होलिका उत्सवको रूपमा मनाइन्थ्यो ।

यो चाडलाई नवसंवत्सरको आगमन तथा वसन्तगमको उपलक्ष्यमा गरिएको यज्ञको रूपमा पनि मान्ने गरिन्छ । केही मानिसहरू यस चाडलाई अग्निदेवको पूजा गरेर पनि मनाउने गर्छन् । मनुको जन्म पनि यही दिन भएको मान्ने चलन छ ।

किन मनाइन्छ फरक दिन मनाइन्छ फागुपूर्णिमा र होली ?

त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. मदनकुमार रिमाल पहाड र तराईमा २ दिन होली मनाउनुको विशेष महत्व रहेको बताउँछन् । मिथिला संस्कृतिमा हुर्किएका रिमाल मिथिला क्षेत्रमा फागु पूर्णिमाको दिन विशेष मेला लाग्ने र हजारौं जनाको उपस्थिति हुने भएकोले सोको भोलिपल्ट होली मनाउने गरिएको बताउँछन् । मिथिला संस्कृतिमा हरेक पूर्णिमाको दिन जनकपुर लगायत देवालयमा विशेष मेला लाग्ने गर्छ ।

धार्मिक ग्रन्थहरूमा फागु पूर्णिमा एकदिन मात्रै मनाउने उल्लेख भए पनि यो सबैले स्वीकारेको निर्विवाद संस्कृतिको रूपमा विकास भइसकेको छ । हिन्दू धर्मअन्तर्गत मनाइने हरेक चाडपर्वका बारेमा निर्णय गर्ने निर्णयसिन्धुले पनि होलीलाई एक दिने पर्वको रूपमा उल्लेख गरेको छ । उक्त ग्रन्थको ३०८ औं पृष्ठमा पूर्णिमाको दिन फागुपूर्णिमा मनाउने चलन रहेको उल्लेख गरेको छ ।

रिमालका अनुसार पहाडमा फागुपूर्णिमा र तराईमा होली फरक दिन मनाउनुको २ वटा कारण छन् । एउटा त जात्राका कारण भोलिपल्ट मनाउने चलन बसेको हुन सक्छ । अर्काेतर्फ अघिल्लो दिन साँझ होलिका दहन गरिसकेपछि त्यसको भोलिपल्ट त्यसैको खुसीयालीमा होली पर्व मनाउने गरिएको हुन सक्छ । साँझमा रंग लगाउनुभन्दा पनि भोलिपल्ट मनाउने चलन बसेको हुन सक्ने उनी बताउँछन् ।

‘होली परिवार र साथीभाइकाबीचमा सद्भाव बाँड्ने पर्व हो । पूर्णिमाको दिन जात्राका कारण मनाउन नसकेको रंगीन पर्वलाई भोलिपल्ट साथीभाइसँग बसेर मनाउन थालियो । यसरी नै तराईमा भोलिपल्ट मनाउने संस्कृति बन्यो ।’ रिमालले अनलाइनखबरसँग भने ‘यो हामीले थाहा पाउँदादेखि नै २ दिन मनाउने चलन थियो । पछि यही आधारमा सरकारले बिदा समेत २ दिन दिन थालेपछि झनै यो २ दिने पर्वको रूपमा विकास भयो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४