Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले अर्घाखाँचीमा माधव पक्षको समानान्तर कमिटी !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०७७
  • 5K
    SHARES

बुटवल / नेकपा एमालेको माधव नेपाल पक्षले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन भएको हो ।

शनिबार बसेको सो समूहको बैठकले यही चैत मसान्तभित्र पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने निर्णयसमेत गरिएको छ ।

बैठकमा एमाले प्रदेश कमिटी सदस्य एवं पूर्व जिल्ला विकास समिति सभापति पिताम्बर भुसाल, संविधान सभा सदस्य डा.दुमन थापा, प्रदेश कमिटी सदस्य यमुना भुसाल, जिल्ला सचिवालय सदस्य सरोज भुसाललगायतले बोल्दै एमालेलाई विधि, प्रकृया र जनचाहाना अनुरुप अघि बढाउन समानान्तर कमिटी गठन गर्नुपरेको बताएका थिए ।

अर्घाखाँचीमा ओली पक्षका चेतनारायण आचार्य जिल्ला अध्यक्ष छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४