Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यो देश कता जादैछ , छात्राहरुका लागि वितरण गरिने स्यानिटरी प्याडमा पनि भ्रष्टाचार !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०७७
  • 5.4K
    SHARES

करिब २० लाख रुपैया महँगोमा स्यानिटरी प्याड किनेर मिलेमतोमा रकम बाँडफाँड गर्ने तयारी महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले गर्न लागेको महानगर स्रोतले जनाएको छ । भरतपुर महानगरपालिकामा रेणु दाहाल मेयर हुनुहुन्छ ।

भरतपुर महानगरपालिकाले महिलालाई वितरण गर्न स्यानिटरी प्याडको सप्लाई र डेलिभरीको बोलपत्र आव्हान गरेको थियो । ६ वटा सप्लायर र उद्योगहरुले सो बोलपत्रमा अनलाइन बिडिङ गरेका थिए ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ अनुसार सबैभन्दा कम दररेट हाल्नेलाई आशयपत्र दिनुपर्नेमा पाँचौ नम्बरको महँगो बोलपत्र विडिङ गर्ने कम्पनीलाई भरतपुर महानगरपालिकाले ठेक्का सम्झौताका लागि २०७७ साल फागुन २७ गते सूचना निकालेको छ ।

 

करिब २० लाख महँगो दरमा बिडिङ गर्ने सोफ्टी हाईजिन प्रा.लि.संग भरतपुर महानगरपालिकाले स्यानिटरी प्याड खरिद गर्न लागेको छ ।

स्यानिटरी प्याडका लागि ज्यासमिन हाइजिन प्रोडक्टस्ले ५६ लाख ५३ हजार ६ सय ५२ रुपैया, लाइफ केयर स्यानिटरी एण्ड नेप्किन उद्योग एण्ड सप्लायरले ५७ लाख १३ हजार १ सय ६४ रुपैया, जयमाता दि स्यानिटरी उद्योगले ५९ लाख ११ हजार ५ सय ३८ रुपैया र हेल्पिङ मल्टिपर्पस प्रालिले ६३ लाख ४७ हजार ९ सय ६० रुपैयाको टेन्डर हालेको थियो ।

यसैगरी सोफ्टी हाइजिन प्रालिले ७५ लाख ५८ हजार ४० रुपैया र राचेल इण्टरनेशनलले ७८ लाख ९५ हजार २ सय ७५ रुपैयाको दरभाउ पत्र बुझाएको छ । 

सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा सस्तो मूल्य राखेको जासमिन हाइजिनले टेण्डर पाउनुपर्ने हो । उसको योग्यता, क्षमता र सारभूत रकम नमिलेको भए दोश्रो कम मूल्य राखेको लाइफ केयर स्यानिटरीले ठेक्का पाउनुपर्ने हो ।

तर, दोश्रो कम मूल्यको ठेक्का हाल्ने मात्र होइन तेश्रो जय माता दि स्यानिटरी उद्योग र चौथो हेल्पिङ मल्टिपर्पसलाई पछि पार्दै करिब २० लाख रुपैया बढी ठेक्का रकम हालेको पाँचौ नम्बरको सोफ्टी हाइजिन प्रालिले ठेक्का हात पारेको छ ।

उसलाई सम्झौताका लागि भरतपुर महानगरपालिकाले सूचना प्रकाशित गरी बोलाएको छ । तर, भरतपुर महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत महेन्द्र पौडेलले भने अहिलेसम्म कसैलाई सम्झौताका लागि नबोलाएको बताए ।

 

उनले १० महिनाका लागि टेन्डर आव्हान गरिएकोमा आर्थिक वर्ष बित्न ४ महिना मात्र बाँकी रहेकाले बोलपत्र बारे पुनर्विचार गरिने बताए । उता बोलपत्रमा संलग्न सप्लायर्स र उद्योगहरुले सार्वजनिक खरिद ऐन विपरीत सम्झौता गरिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने जानकारी दिएका छन् ।

सबैभन्दा सस्तोमा स्यानिटरी प्याड उपलब्ध गराउनेले ठेक्का पाउनुपर्नेमा योग्यता, क्षमता र कागजपत्र नमिलेको भए दोश्रो, तेश्रो वा चौथोले पाउनुपर्ने उनीहरुको माग छ । ६ वटा सप्लायर्स र उद्योगले अनलाइन बोलपत्र हालेको अवस्थामा ४ वटा बोलपत्रदाताको योग्यता र कागजपत्र नपुगेको भए बोलपत्र आव्हान नै रद्द हुनुपर्ने हुन्छ ।

न्यूनतम ३ वटा बोलपत्र नहालेको अवस्थामा टेण्डर गर्न नपाइने सार्वजनिक खरिद ऐनमा उल्लेख छ । सरकारले स्यानिटरी प्याड सम्बन्धी १२ बुँदे न्यूनतम मापदण्ड तोकेको छ । न्यूनतम मापदण्ड नपुगेको सप्लायर्स र उद्योगले टेण्डर नै भर्न नपाउने स्थिति छ ।

यसैगरी प्रत्येक स्थानीय तहमा स्यानिटरी प्याडको वितरण तथा व्यवस्थापन कार्यका लागि अनुगमन गर्न स्थानीय तहको उपप्रमुखको संयोजकत्वमा व्यवस्थापन समिति नै गठन गरिएको हुन्छ ।

भरतपुर महानगरपालिकामा उप–प्रमुख पनि महिला नै हुनुहुन्छ । पार्वती शाह ठकुरी संयोजकत्वको स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहेको भरतपुर महानगरपालिकामा सामुदायिक विद्यालयका छात्राहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा भ्रष्टाचार गरिनु अर्को बिडम्बना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४