Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यानमारका सेना प्रमुखले सम्बोधन गदै भने ‘प्रजातन्त्र पुनस्थापित गर्ने प्रतिबद्धता गर्छु’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०७७
  • 2.4K
    SHARES

एजेन्सी / म्यानमारमा सैन्य कू को विरोधमा प्रदर्शन चर्किरहेका बेला सेना प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सैनिक दिवसका अबसरमा सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि तिथि भने तोकेका छेन ।

सेना प्रमुख मिनले प्रजातन्त्र पुनस्थापनका लागि सम्पूर्ण देशवासीसँग हातेमालो गर्न चाहेको पनि बताए । प्रदर्शनकारीतर्फ लक्षित गर्दै उनले आफ्ना मागहरु पूरा गर्न स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नभएको स्पष्ट पारे ।

सेना प्रमुख मिनले जननिर्वाचित नेतृ आङ साङ सूची र उनको पार्टीले गैरकानुनी कार्य गरेकाले सेनाले सत्ता हातमा लिएको तर्क दोहोर्याए ।

हिजो मात्र राष्ट्रिय टेलिभिजनमा प्रदर्शनकारीलाई चेतावनी दिँदै टाउको र ढाडमा गोली हान्न सकिने समाचार सम्प्रेषण गरिएको थियो । गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा दिनहु विरोध प्रदर्शन भैरहेका छन् । प्रदर्शनका क्रममा हालसम्म ३ सय २० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४