Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालुवाटारमा ओलीले बोलाएको बैठकमा झलनाथ खनालको सहभागिता


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १३ २०७७
  • 4.9K
    SHARES

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा सांसदहरु प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल अनुपस्थित भए पनि खनाल भने उपस्थित भएका छन् । बैठकमा खनालसहित सांसद सुरेन्द्र पाण्डेलगायत नेताहरु बालुवाटार पुगेको जनाइएको छ ।

बैठकमा खनालले बोल्नका समय माग्ने, समय दिए आफ्ना कुरा राख्ने र त्यहाँ गएका सांसदहरु हस्ताक्षर गरेर फर्कने बताइएको छ ।

साथै, बैठकमा तीनवटा विषयमा छलफल हुने बताइएको छ । बैठकमा संसद बैठक प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु पेश गर्ने तरिका सिकाइने र दललाई एकढिक्का बनाउने विषयमा छलफल गरिने बताइएको छ ।

सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गरी पूर्व माओवादी र एमाले ब्यँताइदिएपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल र खनालद्वयबीच विवाद भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४