Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

६ करोड बढी मूल्य कबोल गर्ने म्याक्सलाई सेक्युरिटी प्रेसको ठेक्का !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १३ २०७७
  • 9K
    SHARES

काठमाडौं / सरकारले सुरक्षण मुद्रण केन्द्र स्थापनाका पहिलो चरणमा आउने ‘सेक्युरिटी प्रेस मेसिन’को ठेक्का म्याक्स इन्टरनेसनललाई दिने भएको छ । प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेसनलभन्दा ६ करोड बढी मूल्य कबोल गरेपनि म्याक्सलाई नै ठेक्का दिन लागिएको हो । प्रतिस्पर्धामा सहभागी ४ कम्पनीमध्ये ठेक्कामा मूल्यका आधारमा दोस्रो भएको कम्पनीलाई छनोट गरेर सबैभन्दा कम मूल्य प्रस्ताव गरेर पहिलो भएको कम्पनीलाई ठेक्का नदिने निर्णय भएको हो ।

यसका लागि बिहीबार सुरक्षण मुद्रण केन्द्रले आपूर्तिकर्ता कम्पनी छनोट भएर ठेक्का लगाउन लागिएको भन्दै दावी विरोधको लागि सूचना निकालेको छ । म्याक्स इन्टरनेसनल दूरसञ्चार प्राधिकरणले विद्यालयहरुमा सूचनाप्रविधि ल्याब स्थापना गर्न लगाएको ३ अर्ब ५० करोड मूल्यको ठेक्कामा ओम्नी समूहसँग ज्वाइन्ट भेन्चर गरेको कम्पनी हो ।

केन्द्रका कार्यकारी निर्देशक विकल पौडलका अनुसार इलिमिकभन्दा प्राविधिक रुपमा योग्य भएकाले महँगो मूल्य प्रस्त्ााव गरेपनि म्याक्स इन्टरनेसनललाई ठेक्का दिन लागिएको हो ।

इलिमिकले करिब साढे ६७ करोडमा सेक्युरिटी प्रेस दिन प्रस्ताव गरेको थियो भने ठेक्का पाउन लागेको म्याक्स इन्टरनेसनलले ७३ करोड ८८ लाख ९८ हजार रुपैयाँ मूल्य प्रस्ताव गरेको छ ।

‘इलिमिकले ड्रस्ट कम्पनीको प्रिन्टिङ मेसिनको प्रस्ताव गरेको थियो, जुन म्याक्सले दिने एचपी र डेलको भन्दा राम्रो हो,’ उनले भने, ‘तर, इलिमिकले ड्रस्ट कम्पनीबाट मेसिन आपूर्ति गर्नसक्ने ग्यारेन्टी गरेको आधिकारिक पत्र ल्याउन सकेन ।’

म्याक्स छानोट भएको जानकारीसहितको सूचना

उनका अनुसार इलिमिकले सर्भर प्रणालीमा हुवावेइ कम्पनीको उपकरण राख्ने प्रस्ताव गरेको थियो । जुन, सस्तो भएपनि केन्द्रले तय गरेको स्पेसिफिकेसनअनुसार म्याच नभएको उनले बताए ।

‘दोस्रो कम मूल्य प्रस्ताव गर्ने म्याक्स इन्टरनेसनलको सबै योग्यता पुगेको देखिएपछि उसैलाई ठेक्का दिने निर्णय भएको हो,’ उनले भने ।

गत फागुन २ मा ठेक्का आह्वान भएकोमा केन्द्रले चैत ३ मा म्याद सकिनुभन्दा एक हप्ताअघि फागुन २६मा स्पेसिफिकेसन बदलेको थियो । त्यसलाई लिएर विभिन्न आशंका गरिँदै आउको थियो ।

केन्द्रले पछिल्ला तीन वर्षमा एउटा ठेक्कामा भ्याटबाहेक ३८ करोड रुपैयाँको न्यूनतम मूल्यमा सेक्यूरिटी प्रेस सिस्टम आपूर्ति गरेको हुनुपर्ने गरी संशोधन गरेको थियो । त्यसअघि यस्तो सीमा ४० करोडको थियो ।

वर्षमा ६० करोडको कारोबार रकमको सीमा तोकिएकोमा घटाएर ५५ करोडमा झारिएको थियो । छापिएका सामग्रीको ‘आउटपुट रिजोलुसन’ ‘६०० डीपीआई २ एट बिट’मा झारिएको थियो । त्यसअघि ‘८१२  डीपीआई २ एट बिट’ थियो । यि सबै योग्यता म्याक्सले नै पुरा गरेको छ । एउटै मात्रै कम्पनीलाई दिने गरी टेन्डर भएको उजुरी परेपछि टेन्डर सूचना संशोधन गरिएको पौडेलले दावी गरे ।

पौडेलका अनुसार यि मेसिन हुलाक स्टिकर, अन्तःशुल्क स्टिकर, मार्कसिट लगायतका सुरक्षण मुद्रणको काम पनि यिनै मेसिनमै हुनेछन् ।  कार्यकारी निर्देशक पौडेल चालु आर्थिक वर्षभित्रै मेसिनको आपूर्ति हुने बताउँछन् । ‘मेसिन आएपछि जडान र सञ्चालनको तयारी गर्न एक वर्षजति समय लाग्छ,’ उनले भने,’बनेपाको आईटी पार्कको भवनलाई मेसिन राख्न मिल्ने गरी तयार गर्नुपर्ने हुन्छ ।’

सुरक्षण मुद्रणको लागि भवन र मेसिन बनाउन अर्थ मन्त्रालयसँग वहुवर्षीय ठेक्का लगाउन अनुमति मागिए पनि चालु आर्थिक वर्षमा त्यस्तो अनुमति नपाएको पौडेलले बताए ।

सरकारले यसअघि फ्रान्सको आईएन ग्रुपसँग सरकारीस्तर (जीटुजी) प्रक्रियाबाट सुरक्षण मुद्रण खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणपछि जर्मनीको भेरिडोस कम्पनीसँग मागिएको कोटेसनलाई आधार बनाएर आईएनलाई ठेक्का दिने सरकारी योजना तुहिएको थियो ।

बास्कोटाले सुरक्षण मुद्रण खरिदका लागि स्विस कम्पनीका एजेन्ट विजय मिश्रसँग ७० करोडको डिल गरेको अडियो सार्वजनिक भएपछि सरकारले सुरक्षण मुद्रणको प्याकेजलाई टुक्र्याएर ठेक्का लगाउन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४