यस्तै अनेरास्ववियू (क्रान्तिकारी ) ब्युंतिएपछि पुरानै पदाधिकारी टोली पनि पुनर्जीवित भएको छ । जस अनुसार अध्यक्षमा रञ्जित तामाङ , उपाध्यक्षमा सुरेन्द्र बस्नेत , दिपक देवकोटा , तिलकराज भण्डारी , विजय गौतम , पञ्चा सिंह , दिपेश पुन , इन्द्र भुषाल , रविकिरण यादव र महासचिवमा उत्तम अधिकारी रहेका छन् ।
यसैगरी उपमहासचिवमा जिपि मैनाली र तुकमान महरा रहेका छन् । सचिवमा नरेश रेग्मी , पवन कार्की , मदन भट्टराई , सुर्यनारायण शाह , क्षितिज सापकोटा , नारायण खनाल , अम्मरराज शाही , राजकुमार लिम्बू , अच्युत भट्ट , गजेन्द्र देव , प्रविणा अधिकारी , मदन भुल र कोषाध्यक्षमा केशव रावल रहेका छन् ।
चैत्र १४ गते काठमाडौंमा वस्ने क्रान्तिकारीको केन्द्रीय कमिटीको विस्तारित वैठकवाट नयाँ परिस्थितिमा संगठनले लिनुपर्ने थप योजना र कार्यक्रम ल्याउने उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । उनले भने, ‘ चैत १४ गते विस्तारित वैठकमा केन्द्रीय समितिका सदस्यहरु र सबै जिल्लाका संयोजक र सहसंयोजक सहभागी हुने गरी पत्र पठाएका छौँ।’