Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आमाबुवाको विवाहमा छोरीको अचम्मको हर्कत, भिडियो भाइरल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०७७
  • 4.9K
    SHARES

एजेन्सी । सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र बनेकी छन् ।

विवाह दुई वर्षअघि भए पनि बेहुली युवतीले आफ्नो विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उनीहरूको विवाहमा छोरीले गरेका हरेक क्रियाकलाप अहिले भाइरल बनेको छ ।

अमेरिकाकी सारा विकम्यान नामक युवतीले नोभेम्बर २०१९ मा भएको विवाहको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिन् । भिडियोमा सारा र उनका पति स्टेजमा थिए ।

छोरी एली भने तल भुईँमा थिइन् । एलीको हर्कत देखेर त्यहाँ भएका मानिसहरु हाँसिरहेका थिए ।एली कहिले मुन्टो भुईंमा सुताउने त कहिले उठाउने क्रियाकलाप गरिरहेकी थिइन् ।

२३ महिनाको एलीलाई कसैले पनि वास्ता नगरेपछि सारा आफैँले गएर उनलाई बोकेर मञ्चमा गइन् । छोरीलाई बोकेरै उनले औँठी लगाइन् ।

उनीहरूको विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोलाई १ करोड ५० लाख भन्दा धेरैपटक हेरिएको छ । साराको अहिले एक छोरा पनि छ । उनी परिवारको हरेकजसो भिडियो इन्स्टाग्राममा राखिरहेकी हुन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४