Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल पक्षद्धारा ओलीलाई प्रश्नसहितको स्पष्टीकरण दिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि प्रश्नसहितको स्पष्टीकरण दिने तयारी गरेको छ ।

जवाफको रुपमा पार्टी अध्यक्ष केपी ओलीबाट भए गरेका काम कारबाही, केन्द्रिय कमिटिको पछिल्लो निर्णय र त्यसको बैधानिक हैसियतमाथि प्रश्न उठाईने नेपाल पक्षीय नेताहरुले बताएका छन् ।

स्पष्टीकरणको विषयमा धारणा बनाउन हिजो दिनभर छलफलमा जुटेका नेपाल पक्षका नेताहरु निर्णयमा भने पुग्न सकेनन् ।

ओलीलाई अलग अलग या संयुक्तरुपमा जबाफ दिने भन्नेबारे उनीहरुबीच सहमति जुटेको छैन ।

ओलीले महासचिव ईश्वर पोखरेलमार्फत नेकपामा रहँदा र एमालेमा आएपछिका गतिविधिलाई आधार बनाउँदै पार्टी विधान उल्लंघन गरेको आरोपसहित नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई केही साझा र केही अलगअलग प्रश्नसहित स्पष्टीकरण पत्र पठाएका छन् ।

पत्रमा उनीहरुलाई तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालको मतियार भएकोदेखि ओलीविरुद्ध षड्यन्त्र गरेको र पार्टी विभाजनका लागि गतिविधि गरेको आरोप लगाइएको छ ।

तीन दिने स्पष्टीकरणको म्याद हिजो सकिए पनि आज थप छलफल गरेपछि जवाफ दिने नेपाल पक्षको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४