Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमण बढेपछि विराटनगरमा प्रधानमन्त्री आउने कार्यक्रम स्थगित !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०७७
  • 3.6K
    SHARES

विराटनगर । कोरोना सङ्क्रमण बढेपछि विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री ओली १३ चैतमा नेकपा एमालेको प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि विराटनगर आउने कार्यक्रम थियो ।

विराटनगरको वीरेन्द्र सभागृहमा कार्यक्रम राखिएकाो थियो । तर केही दिनयता विराटनगरमा कोरोना संक्रमित भेटिन थालेको र बुधबार एकै दिन १० जनामा संक्रमण पुष्टि भएपछि कार्यक्रम स्थगित गरिएको नेकपा (एमाले) प्रदेश १ का कमिटी सचिव विनोद ढकालले बताए ।

‘कोरोनाको पुनः संक्रमण बढिरहेको बेला सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ,’ उनले भने ‘यस्तो बेला प्रधानमन्त्री हिँड्न मिलेन, प्रदेशसमा आयोजना हुने सबै कार्यक्रम स्थगित भएका छन् ।’ अर्काे कार्यक्रमको मिति पछि तय गरिने उनले बताए ।

विराटनगर आउँदा प्रधानमन्त्री ओली उद्योग संगठन मोरङको कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका थियो । कोरोना महामारीका कारण प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आयोजना गरेको होली मिलन कार्यक्रम पनि स्थगित भएको छ ।

प्रदेश प्रमुख अधिकारीले चैत १५ गते होली विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका थिए । कोरोना संक्रमण बढ्न थालेकाले कार्यक्रम स्थगित गरिएको अधिकारीका स्वकीय सचिव प्रतीक ढकालले जानकारी दिए ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेश १ मा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ६ महिला र ४ पुरुष विराटनगरका हुन् । विराटनगरमा भारतबाट फर्किएकाहरुमा संक्रमण देखिएको महानगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४