Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्राणायामको नियम र फाइदाहरू


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ११ २०७७
  • 7.4K
    SHARES

तपाईंले खाना खान छोड़नु भयो, पानी पिउन छोड़नु भयो भने कति दिन बाँच्न सक्छु जस्तो लाग्छ ? त्यस्तै यदि तपाईंले श्वास लिन छाड़नु भयो भने कति समय बाँच्न सक्छु जस्तो लाग्छ ? खाना र पानी छाडेर तपाईं ३ देखि ५ दिन बाँच्न सक्नुहोला तर श्वास लिन छाड़नु भयो भने दिनको कुरा छोड़नुस कति मिनेट भन्नुपर्ने हुन्छ।

जब एक व्यक्ति जन्मन्छ, उसले गहिरो सास फेर्छ र जब ऊ मर्छ, ऊ पूर्ण रुपले बाहिर निस्किन्छ। साँच्चै भन्ने हो भने श्वास नै जीवन हो । यसैले सम्पूर्ण शरीरलाई चलाएमान बनाएको छ। प्राणायाम दुई शब्द मिलेर बनेको छ, ‘प्राण’ र ‘आयाम’ । प्राण शब्दको सामान्य अर्थ हो जीवन्तता या सक्रियता । आयामको अर्थ हुन्छ नियन्त्रण। समग्रमा भन्ने हो भने प्राणलाई नियन्त्रण गर्नु नै प्राणायम हो ।

उपनिषद्ले प्राणलाई ब्रम्हा भनेको छ । हठयोग विज्ञानको भाषामा नाडी, चक्र र कुण्डलिनीको समुच्चय प्राण हो । आध्यात्मिक भाषामा ‘प्रयुक्त ओजस् वर्चस्’ नै प्राण हो। व्यावहारिक प्रयोजनमा प्राण त्यो शक्ति हो जसले जीवन,गति र आयु प्रदान गर्छ।

योगदर्शन अनुसार–
तस्मिन् सति श्वासप्रश्वासयोगर्तिविच्छेदः प्राणायाम (२।४९)
अर्थात्, आसन स्थिर भएपछि श्वास भित्र लिने र श्वास बाहिर छोड्ने स्वाभाविक गतिलाई विच्छिन्न गर्नुलाई प्राणायाम भनिन्छ।

त्यस्तै योगदर्शन मै भनिएको छ,
धारणासु च योग्यता मनसः (२।५३)
अर्थात, प्राणायामको अभ्यासले धारणा, ध्यान आदिमा पनि मनमा विशेष योग्यता आउँछ। प्राणायाम गर्दा श्वास प्रश्वासलाई विशेष ध्यान दिनुपर्छ। योग ग्रन्थमा भनिएको छ–
‘प्राणायामेन युक्तेन सर्वरोगक्षयो भवेत्
आयुक्ताभ्यासयोगेन सर्वरोगसमुद्गम।। (हठप्रदीपिका २।१७)

  • अर्थात् , समुचित तरिकाले गरेको प्राणायामले सम्पूर्ण रोगको निराकरण गर्दछ, जबकी गलत तरिकाले प्राणायाम गरेमा त्यसले अनेक रोग जन्माउने भय रहन्छ। जब हामी सास फेर्छौँ, हावा भित्र पस्ने र बाहिर निस्कने गर्छ। हावालाई पाँच भागमा बाँडिन्छ वा यो शरीरको पाँच स्थानमा स्थिर हुन्छ भन्ने गरिन्छ। त्यसैले यसलाई शरीरको पन्चकहरू भनिन्छ।
     प्राण
     अपान
     उदान
     समान
     ध्यान

यदि माथिका कुनैमध्ये एउटामा मात्रै समस्या आएमा शरीर, दिमाग र चेतना पनि रोग र शोकबाट ग्रसित हुन्छ। त्यसैले यी सबैलाई मिलाएर मात्र जागरण चेतना आउँछ, सम्झनाहरू सुरक्षित हुन्छन्।

  • प्राणायामका प्रकार
     भस्त्रिका प्राणायाम
     कपालभाति प्राणायाम
     वाह्य प्राणायाम
     अनुलोम– विलोम प्राणायाम
     भ्रामरि प्राणायाम
     नाड़ी–शोधन प्राणायाम
     सूर्यभेदी या सूर्यागं प्राणायाम
     चन्द्रभेदी या चंद्राग प्राणायाम
    कर्नरोगान्तक प्राणाया
    शीतली प्राणायाम
     सित्कारी प्राणायाम
     मुछर्या प्राणायाम
     प्लाविनी प्राणायाम
     केवली प्राणायाम
     ओम्कार जप
  • प्राणायाम गर्दाका फाइदाहरू–
     मन स्थिर, शान्त, प्रसन्न तथा उत्साहित हुन्छ।
     हृदय,कलेजो तथा मस्तिष्क सम्बन्धि सम्पूर्ण रोग ठिक हुन्छ।
     मोटोपन, मधुमेह, गैस, कब्जियत, अम्लपित्त, मृगौला तथा पोस्टेट सम्बन्धी रोग ठिक हुन्छन् ।
     पाचनतन्त्र पूर्ण स्वस्थ रहन्छ।
     नकारात्मक विचार समाप्त भएर सकारात्मक विचार उत्पन्न हुन थाल्छ।
     रक्तचाप सम्बन्धी समस्याहरूबाट बच्न सकिन्छ।
     थायरायड टन्सिल जस्ता घाँटीका सम्पूर्ण रोग निको हुन्छन् ।
     ७२ करोड़, ७२ लाख, १० हजार दुई सय नाडीहरू शुद्ध हुन्छन् ।
     तीन दोष (वात,पित्त, कफ) समतामा रहन्छ।
     ध्यान गर्नका लागि सामर्थ्य प्राप्त हुन्छ ।
     कुण्डलिनी जागरण गर्न शक्ति प्राप्त हुन्छ।
  • प्राणायामका केही नियम
     आफूलाई सजिलो लाग्ने आसन (सिद्धासन, बज्रासन अथवा पद्मासन) मा बस्नुपर्ने हुन्छ।
     वरीपरीको वातावरण निर्मल, स्वच्छ, सान्त तथा एकान्त हुनुपर्छ।
     मेरुदण्ड सधैं सिधा तथा शरीर सहज हुनुपर्छ ।
     स्वास लिँदा सधैं नाकबाट लिनुपर्ने हुन्छ।
     प्राणायाम गर्नु अघि योग गर्नु फाइदाजनक मानिन्छ।
     भोजन सात्विक हुनुपर्छ साथै प्राणायाम गर्ने व्यक्तिले भाङ, धतुरो, रक्सी चुरोट जस्ता लागुपदार्थ प्रयोग गर्नुहुन्न।
     गर्भवती महिला, धेरै भोकाएको अवस्था, ज्वरो आएको अवस्था तथा अनिन्द्राको समयमा प्राणायाम गर्नुहुन्न ।
     अघाएको पेटमा(कम्तीमा खाएको ३ घण्टासम्म) प्राणायाम गर्नुहुन्न।
     मैथुन या सम्भोग कार्य गर्ने वित्तिकै प्राणायाम गर्नुहुन्न ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४