Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा थप ४० हजारमा कोरोना संक्रमण, दुई सातामा डेढ लाख सक्रिय संक्रमित बढे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १० २०७७
  • 3.8K
    SHARES

एजेन्सी । कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार बढी संक्रमित भएका छन् । १ सय ९७ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङक अनुसार भारतमा हालसम्म संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । ती मध्ये १ करोड ११ लाख ७९ हजार ५९ बिरामी निको भइसकेका छन् । संक्रमणबाट अहिलेसम्म १ लाख ६० हजारले ज्यान गुमाईसकेका छन् ।

दोस्रो लहरको संक्रमण पनि महाराष्ट्रमै बढी देखिएको छ । त्यसो त गत आइतबार मात्रै २४ घण्टामा संक्रमित हुनेको संख्या ४७ हजार ९ जना रहेको थियो । दुई सातामै भारतमा साढे एक लाखभन्दा बढी सक्रिय संक्रमितको वृद्धि भएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि भारतका केहि राज्यले लकडाउन घोषणा गरेका छन् । कोरोना संक्रमण वृद्धिकैबीच भारतमा खोप कार्यक्रम पनि उस्तै गतिमा बढाइएको छ ।

पछिल्लो २५ घण्टामा २५ लाख जनामा कोभिशिल्ड खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म साढे ४ करोड बढीमा खोप लगाईसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४