Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली नोट र छाप्ने मेसिनसहित चारजना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०७७
  • 3.8K
    SHARES

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले एक हजार रुपैयाँका ७८ थान नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई नक्कली नोट छाप्न प्रयोग गरेको मेसिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र १९ वर्षीय पवन राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ का २८ वर्षीय विश्वराम राई र २४ वर्षीय राजाराम दनुवार रहेका छन् । देवेन्द्र र पवन नाताले दाजुभाई हुन् ।

चितवनको भरतपुर महानगरपालिका– १ बसपार्क क्षेत्रका पसलहरुमा नक्कली नोट दिई सामान खरिद गरेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो । चैत ६ गते राति देवेन्द्र र पवनलाई प्रहरीले एक हजार दरका ७८ थान नक्कली नोटसहित पक्राउ गरेको थियो । त्यसपछिको अनुसन्धानमा विश्वराम र राजाराम पनि संलग्न रहेको खुलेको हो ।

मोबाइल पसल चलाउँदै आएका उनीहरुबाट चैत ७ गते नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप, कार्डरिडर, फोटोकपि मेशिन, प्रिन्टर, हार्डडिक्सलगायतका सामाग्री पसलबाटै बरामद गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४