Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्वमै दुर्लभ मानिएको एक सिङे गैँडाको गणना सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना आजदेखि सुरु हुने भएको छ । गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पूर्व निर्धारित समय भन्दा दुई वर्ष ढिलोगरी सुरु भएको गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुुरु गरिँदै छ ।

वनमन्त्री प्रेम आले मगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरी गैँडा गणनाको सुरुवात गर्ने कार्यक्रम रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ ।

यी दुई निकुञ्जमा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत १९ गतेदेखि गणना सुरु हुँदैछ ।

करिब २० दिनमा गणना पूरा गर्ने सरकारी लक्ष्य रहेको छ । पाँच–पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना र त्यसअघि बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो ।

सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा छन् ।

यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्जमा ४ वटा चोरी सिकारबाट र २२ वटा प्राकृतिक कारणबा गैँडा मरिसकेका छन् ।

गत वर्ष २६ गैँडा मरेका थिए । यस वर्ष चार गैँडा चोरी सिकारीले मारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४