Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जोशीको परिवारद्वारा सरकारले दिएको १० लाख रुपैयाँ उपचार खर्च लिन अस्विकार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०७७
  • 2.5K
    SHARES

काठमाडौं,/ सरकारले पूर्व उद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य उपचारका लागि दिएको १० लाख रूपैयाँ उपचार खर्च जोशीको परिवारले लिन अस्वीकार गरेको छ ।

जोशीको स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले नेता जोशीलाई दिने भनेको १० लाख रकम लिन परिवारले अस्वीकार गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्री कार्यालयबाट उपचारका लागि सरकारले दिन लागिएको जानकारी प्राप्त भए पनि जोशीको परिवारले उक्त सहयोग रकम अस्वीकार गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचाररत  जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो।

शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेल जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुग्नुभएको थियोे । उहाँले सरकारको तर्फबाट १० लाख सहयोग गर्ने निर्णय गरेको बताउनुभएको थियो ।

फागुन १४ मा मस्तिष्कघात भएपछि अस्पताल भर्ना हुनुभएको जोशीको हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४