Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जावा पेराकको औपचारिक बिक्री नेपालमा प्रारम्भ, मूल्य ७ लाख ५० हजार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०७७
  • 5.9K
    SHARES

काठमाडौं । नेपाली बजारमा जावाको नयाँ बाइक पेराक भित्रिएको छ । आज एक कार्यक्रमका बीच सो बाइक सार्वजनिक गरिएको छ । यसको मूल्य ७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

नेपालका लागि जावा बाइकको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा पेराक बाइक भित्र्याएको हो ।

जावा पेराक एक बबर स्टाइल बाइक हो । जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

सो इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । यसको इन्जिन बीएस ६ मापदण्ड अनुरुपको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ दुवैतिर डिस्क ब्रेक दिइएको छ । बइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् ।

नेपाली बजारमा पहिले देखि नै दुई मोडलका बाइक जावा क्लासिक र जावा फोर्टी टु उपलब्ध छन् ।नेपाल अटो 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४