Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइसल्याण्डमा ज्वालामुखी बिस्फोट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 2.4K
    SHARES

काठमाडौं । आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रको ज्वालामुखी बिस्फोट भएको छ ।

आइसल्याण्डको मौसम विभागका अनुसार रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको बीबीसीले जनाएको छ । ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत पारिएको छ ।

पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजार भन्दा धेरै भूकम्प गएको थियो । अहिले सो क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो । सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो ।

तर यसपटकको फाग्राडाल्स्फल ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ ननिस्कने अनुमान छ । वेम्याम्स तथा स्याटेलाइट तस्बिरहरु मार्फत हिजो बेलुकादेखि ज्वालामुखी बिस्फोट भएको पुष्टि भएको आइसल्याण्डको मौसम विभागले बताएको छ ।

ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटर पर पर्छ । सर्वेका लागि सो क्षेत्रमा कोस्टगार्ड हेलिकप्टर पठाइएको छ । सो टोलीले पठाएको पहिलो तस्बिरमा लाभा ओरालो झर्दै गरेको देखिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४