Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहकारीमा चरम बेथिति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । १. ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठले ६० करोड रकम आफैं चलाए। तिर्न नसकेपछि फागुन ९ गते संस्था बन्द गरी अध्यक्ष श्रेष्ठ फरार भएका छन्।
७० करोड ऋण प्रवाह भएकोमा अध्यक्ष श्रेष्ठले ६० करोड रकम हिनामिना गरेपछि सर्वसाधारणको ८० करोड निक्षेप जोखिममा परेको छ।

२. २०६५ सालदेखि सञ्चालनमा आएको आनन्दनगर बचत तथा ऋण सहकारी संस्थाका निक्षेपकर्ताले गत वर्षदेखि बचत फिर्ता पाएका छैनन्। सञ्चालक तथा व्यवस्थापनले मनोमानी ढंगले रकम चलाएका कारण समस्या आएको स्रोत बताउँछ। संस्थाले बिनाधितो करोडौं रकम ऋण दिएको पाइएको छ। आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर ऋण प्रवाह गरेको भेटिएको छ। यस संस्थाले हालै एकैचोटि २ सय ६८ जना ऋणीको धितो लिलामी गर्ने सूचना प्रकाशन गरेको थियो।

यहाँबाट ठगिनेमा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्यामप्रसाद मैनालीलगायत छन्। निक्षेपकर्ताको ५० करोड अपचलन भएको जनाइएको छ। सञ्चालक तथा कर्मचारीको मिलेमतोमा निक्षेपकर्ताको निक्षेप डुबाइएको पीडितको गुनासो छ। हजार सदस्यमध्ये ६ सय ७९ जना पीडित छन्। अन्नपूर्ण

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४