Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली हटाउने साँचो जसपाको हातमा छ : मिनेन्द्र रिजाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०७७
  • 4.4K
    SHARES

काठमाडौं, /  नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले केपी ओलीको विकल्पका लागि नेपाली कांग्रेस भित्र कुनै मतभेद नरहेको बताउनुभयो ।

सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भुमिका महत्वपूर्ण हुने भन्दै उहाँले कांग्रेस नेतृत्वमा सरकार बनाउन जसपा तयार भए कांग्रेस तयार रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उप–नेता सुबासचन्द्र नेम्वाङले माओवादी केन्द्रले अहिलेसम्म सरकारको समर्थन फिर्ता नलिएको भन्दै समर्थन फिर्ता लिएपछि पनि सरकार संविधान बमोजिम अघि बढ्ने बताउनु भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सरकार संविधानले स्थापित गरेका मुल्य र मान्यता बमोजिम अगाडी बढ्न दृढ रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरु रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई समर्थन गर्ने बताउनुभयो ।

सांसद कार्कीले जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४