Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीको चरित्र र अहंकारकै कारण मुलुक संकटमा : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०७७
  • 4.5K
    SHARES

पोखरा, /  नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाउनु भएको छ ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दे उहाँले ओली नैतिक रुपमा पतन भएको बताउनुभयो ।

ओलीको चरित्र र अहंकारकै कारण मुलुक संकटमा परेको थापाको भनाइ थियो ।

ओलीले अयोग्यताका कारण सरकार सञ्चालन गर्न नसकेको भन्दै उहाँले आफूले विघटन गरेको संसद पुनःस्थापना हुँदासमेत प्रधानमन्त्रीको कुर्सी नछाडेर विश्वसामु नेपाललाई बद्नाम गराएको आरोप लगाउनुभयो ।

नेता थापाले नेपाल कम्युनिष्ट पार्टी खारेज भएपछि नेपाल कम्युनिष्ट पार्टीको नाममा भएको निर्वाचनबाट आएका जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न नसकिने जिकिर गर्नुभयो ।

नेता थापाले मुलुकको विकासका लागि कांग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्दासमेत सरकारले काम गर्न नसकेको आरोप लगाउनुभयो ।

कम्युनिष्टले जस्तो चरित्र कांग्रेसले नदेखाउने भन्दै उहाँले प्रधानमन्त्री ओलीले राजीनामा गरेर नयाँ सरकार निर्माण गर्न मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४