Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिगमनकारी ओलीसँग सत्ता साझेदारी हुँदैन : अध्यक्ष यादव


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 2.5K
    SHARES

काठमाडौं, /  जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘प्रतिगमनकारी’को संज्ञा दिँदै सत्ता साझेदारी गर्न नसकिने बताउनुभएको छ ।

बिहीबार जसपा कार्यकारिणी समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले ‘प्रतिगमनकारी ओली’सँग सहकार्य गर्नै नसकिने बताउनुभएको हो ।

सञ्चाकर्मीसँग उहाँले भन्नुभयो, ‘ओलीसँग सति जाने भनेर कसैले प्रस्ताव त ल्याउनु पर्‍यो ? त्यो प्रस्ताव कसैले ल्याएको छैन। पार्टी कमिटी बाहिर कसले के बोल्यो कसले कसलाई कान फुक्यो भन्ने आधारमा पार्टीले नीति निर्धारण हुँदैन। हामी स्पष्ट छौं। यसमा कुनै शंका छैन। ओली जस्ता प्रतिगमनकारी शक्तिका विरुद्ध उभिन्छौं। उनीसँग लगनगाँठो बाध्न सकिँदैन ।’

प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर जाँदा मधेश आन्दोलनलाई धोका हुने यादवले बताउनुभएको छ । उहाँका अनुसार जसपाले ओलीसँग सहयर्का गर्नु भनेको लोकतन्त्रलाई धरापमा पारेर संघीयतलाई खारेज गर्न बल दिनु हो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरेको उहाँको आरोप छ । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोधीसँग सहकार्य हुनै नसक्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४