Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रेन्चाइज फुटबलको खेलाडी किनबेच शुक्रबार


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 10K
    SHARES

काठमाडौं,/ नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी किनबेच अक्सन शुक्रबार हुँदैछ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले अक्सनमा १५८ जना खेलाडीलाई समावेश गरिएको जनाएको छ ।

बैशाख ११ देखि २५ गतेसम्म दशरथ रङ्गशालामा हुने लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

यसैबीच राष्ट्रिय फुटबल टिमका गोलकिपर विकेश कुथुलाई काठमाडौं रेजर्स फुटबल क्लबले मार्की खेलाडी बनाएको छ ।

त्यस्तै बालगोपाल महर्जन मुख्य प्रशिक्षक बनेका छन् । काठमाडौंका कार्यकारी निर्देशक विज्ञानराज शर्मा र विकेश तथा बालगोपालसँग सम्झौता पत्रमामा बिहीबार हस्ताक्षर भएको हो ।

त्यस्तै राष्ट्रिय फुटबल टिमका डिफेन्डर रञ्जित धिमाल मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम विराटनगर सिटी फुटबल क्लबमा अनुबन्धित भएका छन् ।

त्यस्तै अर्को फ्रेन्चाइज टिम धनगढी एफसीले मुख्य प्रशिक्षकमा नाइजेरियाली प्रशिक्षक तोपे अयोडेजी फुजालाई अनुबन्धित गरेको छ ।

फुजाकै नेतृत्वमा मनाङ मस्याङ्दी क्लबले २०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४