Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफगानिस्तानमा बम विष्फोट : ३ जनाको मृत्यु, ११ घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 2.6K
    SHARES

काठमाडौं, /  अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी तीनजनाको मृत्यु भएको छ ।

उक्त विष्फोटमा अन्य ११ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार सरकारी कर्मचारी बोकेको गाडीमा आज बम विष्फोट गराइएको हो ।

काबुल प्रहरीका प्रवक्ताले तीनजनाको मृत्यु भएको पुष्टि गरे पनि यस विषयमा थप जानकारी दिएका छैनन् ।

रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि, तालिबान, अमेरिका, रुसलगायत मुलुकका प्रतिनिधिहरुबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विष्फोट भएको हो ।

घटनाको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले लिएको छैन ।

तर, अफगान सरकारले भने पछिल्लो समय सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुमाथि तालिबानले आक्रमण गर्दै आएको आरोप लगाउँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४