Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित बन्दै भारतकै सस्तो इलेक्ट्रिक कार : ४ दिनमै ७ करोडको अर्डर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 4.2K
    SHARES

काठमाडौं । भारतको एक इलेक्ट्रिक स्टार्टअप कम्पनीले ३ पाङ्ग्राको स्ट्रोम आर३ गएको वर्ष मोटर शोमा प्रदर्शन गरेको थियो । जसको बुकिङ हालै सुरु गरिएको छ । सो कारको बुकिङ सुरु भएको ४ दिन भित्रै नै लगभग ७ करोड ५ लाख भारु बराबरको अर्डर पाइसकेको छ । यद्यपि यसको सीमित भर्सन मात्र उत्पादन गरिनेछ ।

सो इलेक्ट्रिक कार १० हजार भारुमा बुक गर्न सकिन्छ । यसको सुरुवाती ग्राहकको लागि प्रिमियम अडियो सिस्टम, कलरको विकल्प र ३ वर्षको निशुल्क मेन्टिनेन्सको सुविधा रहेको छ । यसको डेलिभरी २०२२ देखि सुरु हुनेछ ।

स्ट्रोम आर३ को मूल्य ४ लाख ५ हजार भारु तोकिएको छ । जसमा कम्पनीले ४८ भोल्ट लिथियम आयोन ब्याट्री र १५ केडब्ल्यु एसी इलेक्ट्रिक मोटरको प्रयोग गरिएको छ । सो कारको टप स्पिड ८० किलोमिटर प्रति घन्टा रहेको छ । सो कारले फुल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीले दावी गरिएको छ ।

स्ट्रोम आर३ लाई १५ एम्पियर पावर आउटलेटको माध्यमले ३ घन्टामा चार्ज गर्न सकिन्छ । सो कारमा ३ ड्राइभिङ मोड इको, नर्मल र स्पोर्ट्स दिइएको छ । स्ट्रोम आर३ ३ टायर भएको हुनाले यसमा प्रवेशको लागि २ ढोका समावेश गरिएको छ ।

कारको फ्रन्ट डिजाइन चुच्चो आकारको छ । यसको लम्बाई २९०७ एमएम, चौडाई १४०५ एमएम, उचाई १५७२ एमएम र ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको छ ।नेपालअटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४