Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हेटौंडामा सुरक्षित सिकाई वातावरण सम्बन्धी प्रदेश स्तरीय नीतिगत संवाद


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 4.6K
    SHARES

बिगत ९ महिनादेखि सन्चालित यो कार्यक्रम अन्तरगत विद्यालयहरुको बिद्यालय प्रशासन र व्यवस्थापनलाई सुरक्षित वातावरणको लागि उत्तरदायी बनाउने, शिक्षकहरुबीच सुरक्षित व्यबहारका लागि प्रेरित गर्ने, हिंसा, उत्पीडित तथा बदमासीको बारेमा सीप र ज्ञान वृद्धि गर्ने, लैङ्गक तथा गुनासो सम्बन्धी घटनाको तथ्यांक सुरक्षित राख्ने जस्ता कार्य गरिएको कार्यपत्र प्रस्तोता बसन्त पराजुलीले बताए ।

भिएसओ नेपालको सहयोगमा आस्मान नेपाल र शिक्षा पत्रकार समाजको आयोजनामा भएको सुरक्षित सिकाई सम्बन्धी प्रदेश स्तरको कार्यशाला मंगलबार हेटौंडामा भएको थियो ।बागमती प्रदेशमा प्रदेश स्तरको शैक्षिक नीति लागू भएको छैन ।

शिक्षा नीतिबारे अझै पनि सुझाव ग्रहण गर्ने सकिने भएकोले यो अवसरलाई सदुपयोग गर्न सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण आचार्यले बताए । विद्यालयको सिकाइलाई प्रभावकारी र सुरक्षित गर्न अभियान नै सुरु गरिएको उनले बताए । प्रदेश सरकारले प्रदेशको २ सय ५९ विद्यालयमा विद्यालय नर्स कार्यरत रहेको उनले बताए ।

विद्यालय नर्सको कारण पनि छात्रछात्रालाई मनोसामाजिक परामर्श हुने गरेको आचार्यले बताए ।छात्रछात्रालाई हिंसा र उत्पीडितबाट बचाउन महिला शिक्षकको भूमिका महत्वपूर्ण हुने बताइएको थियो । महिला शिक्षकको सक्रियतामा छात्राहरूमा हुने संभावित हिंसा कम हुने शिक्षा पत्रकार समाजका बागमती प्रदेश संयोजक वसन्त पराजुलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४