Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कार आरोपमा ९४ वर्षीय वृद्ध पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । ९४ वर्षका एक वृद्ध बलात्कार जस्तो जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका – १३ बिसौनाका हीरा बहादुर घर्ती पक्राउ परेको प्रहरीले जनाएको छ । युवतीका दाजुले गत फागुन २१ गते जंगलमा बहिनीसँग देखेपछि गाउँलेलाई बोलाएर वृद्धलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले भोलीपल्टै मुद्दा दर्ता गरे पनि घटना बाहिर ल्याएको थिएन ।

वृद्धाले आरोप स्वीकार गरेका छन् । यस्ता घटना बाहिर ल्याउँदा राम्रो नहुने भएकाले कानुनी रुपमा अगाडी बढाएपनि बाहिर नल्याएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीको भनाई छ । घर्तीलाई सामान्य रुघाखोकी लागेका चार दिनसम्म अस्पतालमा उपचार गराएर प्रहरी हिरासतमा राखिएको छ ।

घर्तीलाई प्रहरीले २२ गते पक्राउ गरेर भोलीपल्ट जिल्ला अदालतमा जबर्जस्ती करणी मद्दा दर्ता गरी म्याद थपेको थियो । अहिले मगरको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित युवती परिवारको संरक्षणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४