Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विप्रेषण आप्रवाह ११ प्रतिशतले बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 3.1K
    SHARES

काठमाडौं, / चालु आर्थिक वर्षको माघ महिनासम्ममा विप्रेषण आप्रवाहमा सुधार आएको छ ।यस अवधिमा विप्रेषण आप्रवाह १० दशमलव ९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ७ प्रतिशतले घटेको थियो ।वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने झण्डै ७६ प्रतिशतले घटेको देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१ दशमलव ७ प्रतिशतले बढेको थियो ।यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६७ दशमलव ४ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा थियो ।

राष्ट्र बैकका अनुसार समीक्षा अवधिमा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्बले घाटामा रहेको थियो ।

यसैगरि समिक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव ३ प्रतिशतले कमी आई ९ अर्ब २ करोड कायम भएको छ ।यस्तै चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ० दशमलव ७ प्रतिशतले घटेर ७ खर्ब ३३ अर्ब ७३ करोड कायम भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५ दशमलव ३ प्रतिशतले घटेको थियो ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।वार्षिक विन्दुगत उपभोक्त मुद्रास्फीति २ दशमलव ७ प्रतिशत रहेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४