Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाको उदासीनता रहस्यमय छ– रामचन्द्र पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 5.1K
    SHARES

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय भएको टिप्पणी गर्नुभएको छ ।

प्रेस युनियन कास्कीले आयोजना गरेको पूर्णप्रसाद/मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पौडेलले कांग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्ने बताउनुभएको हो ।

नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै पौडेलले राष्ट्रिय–अन्तर्राष्ट्रियजगतबाट नेपाललाई खेलमैदानको रूपमा प्रयोग गर्न खोजिएको दाबी गर्नुभएको छ । उहाँले केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर मुलुकलाई अधिनायकवादतर्फ धकेलेर नेपालको राजनीतिलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनु भएको छ ।

यसैबीच पूर्णप्रसाद÷मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४