प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका नेता आङवोले फेशबुकमा स्टाटस लेख्दै संसद विघटन र विभिन्न असंवैधानिक अध्यादेशहरु छिनभरमै प्रमाणिकरण गर्ने तर आज के कालागि सार्वदलीय बैठक ? भन्दै प्रश्न गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘संविधान, लोकतन्त्र र व्यवस्थामाथि गम्भीर प्रहार गर्ने, संसद विघटनको प्रस्ताव र अन्य असंवैधानिक अध्यादेशहरु छिनभरमै प्रमाणीकरण गर्नु भो, त्यतिबेला न कसैसङ्ग परामर्श न सर्वदलीय बैठक केही चाहिएन तपाईंलाई आज चाहीँ किन र के का लागि सर्वदलीय बैठक जरुरी पर्यो र महामहिम राष्ट्रपति ज्यू ?’
उहाँले केवल प्रधानमन्त्री केपी शर्मा ओलीको संकटमोचनका लागि मात्रै सर्वदलीय बैठकको आह्वान गर्नुभएको आरोप समेत लगाउनु भएको छ । राष्ट्रपति जस्तो सम्मानित, प्रतिष्ठित र मर्यादाको दुरुपयोग गर्दै प्रधानमन्त्री ओलीको संकटमोचन किन गर्नुहुन्छ ? भन्दै प्रश्न गर्नु भएको छ ।
नेता आङ्वोले कुनै गुटको नाइकेको संरक्षणमा नभइ राष्ट्रको अभिभावक्तमाा फर्कन पनि राष्ट्रपति भण्डारीलाई आग्रहगर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘निर्लज्ज गुट र गुटको नाइकेको संरक्षणमा होइन, राष्ट्रको अभिभावकत्वमा फर्कनुस् महामहिम ज्यु त्यसैमा तपाईंको र त्यो सम्मानित सस्थाको भलो होला।’
