Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव भेटियो, श्रीमान फरार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 7.3K
    SHARES

सोमबार साँझ काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बोरामा पोको पारेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको शव फेला परेको थियो । घर पछाडिको पेटीमा राखिएको बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले टोली घटनास्थल पुगेको थियो । प्रहरीले गरेको प्रारम्भिक जाँचका क्रममा सन्तोषीको टाउकोमा गह्रङ्गो बस्तुले प्रहार गरेर हत्या गरिएको देखिएको थियो ।

श्रीमतीको शव फेला परेर अनुसन्धान अगाडि बढाउँदा श्रीमान् भागेपछि प्रहरीले हत्यामा श्रीमान्‌कै संलग्नता रहेको आश‌ंकासहित अनुसन्धान अगाडि बढाएको छ । पोस्टमार्टमका लागि सन्तोषीको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको श्रीमान फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४