Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुस्लिम समुदायको थर सूचीकृत गरिने, अहिलेसम्म ४५ वटा थर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 6.9K
    SHARES

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरू रहेकाले समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थरहरूको सूचिकृत गर्न लागेको हो ।

सोमबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ को विषयमा सञ्चारकर्मीसँगको छलफलमा थर सुचिकृत गर्न मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययन भएको बताउनुभयो । हालसम्म ४५ वटा थर फेला पारेको र थप अध्ययन गरेर सार्वजनिक गर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।

आयोगले २०७६/०७७ मा मुस्लिम समुदायको जनसंख्या बढी भएका ११ जिल्लाका ९१ जना महिला र ७५ जना पुरुष गरी १ सय ३१ जनालाई सिपमूलक तालिम दिएको जनाएको छ । त्यसैगरी मदरसाको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरको अध्ययन गरी मोरङ, सुनसरी, रौतहट, पर्सा, दाङ र स्याङ्जाका २ सय ३६ मदरसा सम्बन्धी तथ्याङ्क र सुचनाहरू संकलन गरिएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४